कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको बैठकमा सरकार बदल्ने छलफल नभएको बताएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको बैठकमा सरकार बदल्ने छलफल नभएको बताएका छन्। आइतबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
“यहाँ सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, सरकार फेर्ने, कुरा भएको छैन,” उनले भने।
उनका अनुसार शुक्रबार र आइतबार गरेर ५० जना सांसदले आफ्नो धारणा राखेका छन्। आइतबार पनि बोल्ने क्रम निरन्तर भएकाले सोमबार ११ बजे पुनः बस्ने गरी बैठक सकिएको सचेतक लेखकले बताए। सोमबार बैठक समापन हुने उनको भनाइ छ।
“साथीभाइबाट जे पनि भावना, विचारहरू अभिव्यक्त भएको छ ती सबैलाई समेटेर हामी भोलि संसदीय दलको बैठकबाट महत्त्वपूर्ण प्रस्तावहरू पारित गर्छौँ। भोलि समापन हुन्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
