एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले केपी शर्मा ओलीको सरकार ढालेको बताएका छन्। ओलीलाई आफूले टक्कर दिएको टिप्पणीसमेत उनको छ।
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेले निर्वाचनमा भ्रष्टाचार र लुटको पैसा प्रयोग गरिरहेको बताएका छन्।
बिहीबार विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका नेता, कार्यकर्ताहरूलाई पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्वागत गदै उनले एमालेको आम्दानीको स्रोतबारे जिज्ञासा राखे।
एमालेले निर्वाचनमा पैसाको खोलो बगाइरहेको आरोप लगाउँदै उनले भने, “एमालेले चुनावमा गरिरहेको खर्च हेर्नु त, अर्बौंअर्ब! कहाँबाट ल्याए? पार्टीमा पैसा फल्ने रूख छ? आम्दानीको स्रोत के हो? लुट र भ्रष्टाचार हो।”
त्यस्तै, उनले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि बहुलाएर हिँडेको टिप्पणी गरे। ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बरबराउँदै हिँडेको आरोप उनको थियो।
उनले अरूलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति ओलीमा हाबी भएपछि आफूले विद्रोह गर्नुपरेको बताए। उनले भने, “केपी ओलीलाई कसैले ढाल्नै सक्दैन भन्ने लागेको थियो, ढाल्ने काम गर्यौँ, टक्कर दिनै सक्दैन भन्ने लाग्यो, टक्कर दियौँ। टक्कर दिएपछि अहिले देखिरहनुभएको छ, केपी ओली बहुलाएको, बरबराएको, के के उत्पट्याङ कुरा गरिरहेका छन्।”
अध्यक्ष नेपालले आफ्नो पार्टीको सरकार बनेपछि वृद्धभत्ता ५ हजार पुर्याउने जिकिर गरे। उनले आफ्नो सरकारले सुकुम्वासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा बाँड्न काम गरेको दाबी समेत गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
