माओवादी केन्द्रले संघीय मामिलामन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ।
काठमाडौँ– सत्तारूढ दल नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको काठमाडौँमा उपलब्ध पदाधिकारी र मन्त्रीहरूको बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार मन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलाएर सो मन्त्रालय जनमत पार्टीलाई दिने निर्णय गरिएको छ।
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री मोदीलाई फिर्ता बोलाएर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन्।
प्रधानमन्त्री दाहाल जनमत पार्टीबाट अनितादेवी साहलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तारको तयारीमा छन्। यसका लागि आइतबार मन्त्री र पदाधिकारीको बैठक बोलाएका थिए।
बैठकमा प्रधानमन्त्री दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, सामान्य प्रशासनमन्त्री मोदी, पर्यटनमन्त्री सुदन किराती, उपमहासचिवद्वय वर्षमान पुनलगायतको उपस्थिति थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
