छलफलका क्रममा बैंकको ब्याजदर कम हुँदै गए पनि अझै कम कसरी गर्न सकिन्छ भन्ने विषयमा अर्थमन्त्री महतले चासो राखेका थिए।
काठमाडौँ– अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल बैंकर्स संघसँग बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई लयमा ल्याउने विषयमा छलफल गरेका छन्।
आइतबार मन्त्रालयमा बैंकर्स संघका पदाधिकारीसहित वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग बैंकको ब्याजदर कम गर्ने विषयमा छलफल गरेका हुन्। मन्त्री महतले बैंकका सीईओसँग अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले पुर्याउनुपर्ने योगदानको विषयमा जानकारी गराए।
छलफलपछि बैंकर्स संघका अध्यक्ष सुनील केसीले बैंकिङ क्षेत्रका समस्या समाधान गरी अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको मनोबल माथि कसरी उठाउन सकिन्छ भन्ने विषयमा कुराकानी भएको बताए। उनका अनुसार पछिल्लो समय बैंकको ब्याजदर कम हुँदै गए पनि अझै कम कसरी गर्न सकिन्छ भन्ने विषयमा अर्थमन्त्री महतले चासो राखेका थिए।
उनले पछिल्लो समय अर्थतन्त्रका केही सूचकमा सुधार हुँदै गएको र बैंकहरूमा तरलता पनि केही सहज हुँदासमेत निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र चलायमान कसरी बनाउने विषयमा छलफल केन्द्रित भएको बताए। उनले अर्थतन्त्रलाई बैंकिङ क्षेत्रले कसरी सकारात्मक बाटोमा लैजाने भूमिका खेल्नुपर्ने देखिएको भन्दै सबैलाई सकारात्मक सन्देश दिन आवश्यक रहेको बताए।
उनले पछिल्लो समय बैंकको ब्याजदर आफैँ पनि बिस्तारै घट्दै गइरहेको बताए। उनले केही समयअघि कर्जाको रेट १३ प्रतिशतभन्दा माथि भए पनि अहिले १२.३ प्रतिशतमा आएको बताए।
अध्यक्ष केसीले बैंकको ब्याजदर कम गर्ने कुरालाई निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको उल्लेख गरे। उनले बैंकको बेस रेट ११ प्रतिशतबाट घटेर १०.०३ मा झरेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
