प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई समावेशी, लैङ्गिक एवं अपाङ्गतामैत्री बनाउन प्रमुख निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका छन्।
काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वारेस बनेर मतदान गर्नेप्रति चनाखो हुन निर्देशन दिएका छन्।
आफैं मत खसाल्न नसक्ने मतदाताको वारेस बनेर उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले मतदान गर्दा भनेअनुसार मतदान नभएको गुनासो आएको थपलियाले बताए। यस्तै कुनै मतदाताले आफू मतदान गर्न सक्षम हुँदाहुँदै बहाना बनाएर अरुमार्फत मतदान गराएमा निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही हुने उनको चेतावनी छ।
“दृष्टिविहीन वा शारीरिक अशक्तता भएर मतदान गर्न नसक्नेका नाममा उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेश बनी मतदान गरिदिएको र आफैँ मतदान गर्नसक्नेले समेत आफू अशक्त भएको भनि अरुमार्फत मतदान गराएका केही उदाहरण आएका छन्”, थपलियाले भने, “मतदानको सन्दर्भमा यो गम्भीर प्रकृतिको कसुर हो।”
उनले निर्वाचन प्रक्रियालाई समावेशी, लैङ्गिक एवं अपाङ्गतामैत्री बनाउन प्रमुख निर्वाचन अधिकृतहरूलाई निर्देशनसमेत दिए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान स्थलमा गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री तथा सुत्केरी मतदाताका लागि विश्रामस्थल बनाउन आग्रह गरे ।
यसपटक आयोगले मतदानको दिनसमेत आवश्यक व्यवस्थासहित नियन्त्रित र व्यवस्थित ढंगले सवारी सञ्चालन गर्ने प्रबन्ध मिलाउने छ । “सहज ढंगले मतदान गर्ने अवस्था सिर्जना गरी लैङ्गिक, समावेशी र अपाङ्गतामैत्री दृष्टिकोणबाट नमूना मतदान भएको छ भन्ने स्थापित गर्नेगरी काम गर्नुहोला”, उनले भने ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
