जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्य रहेकी अनिता देवीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिएकी छन्।
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित समारोहमा नवनियुक्त सामान्य प्रशासन मन्त्री अनिता देवीले शपथ लिएकी हुन्। उनी जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्य छिन्।
नवनियुक्त मन्त्रीले राष्ट्रपतिबाट शपथ लिने संवैधानिक व्यवस्था छ। समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, जनमत पार्टीका अध्यक्ष सिके राउत, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो।
जनमत पार्टीलाई सरकारमा सहभागी गराउन माओवादी केन्द्रले आइतबार अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
