युरोप भ्रमणमा जाने अघिल्लो दिन सर्वोच्च अदालतले आफूमाथि अनुसन्धान गर्न आदेश दिएको, तर पूर्वनिर्धारित कार्यक्रम भएकाले उता गएपछि सञ्चारमाध्यमहरूले आफू भागेको भ्रम फैलाएको अध्यक्ष नेपालले बताए।
काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र आफू भागेर युरोप गएको भनेर गरिएको प्रचार झूटो रहेको बताएका छन्।
युरोपियन देशहरूको भ्रमण छोट्याएर सोमवार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूले सरकारको जग्गा सरकारकै नाममा ल्याउन काम गरेको दाबी गरे। सात रोपनी जग्गा सरकारको नाममा फिर्ता गराएको र कसैलाई मुआब्जा नदिकन कानूनसम्मत ढंगले काम गरेको उनको भनाइ छ।
अध्यक्ष नेपालले आफू पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन जाने अघिल्लो दिन सर्वोच्च अदालतले आफूमाथि अनुसन्धान गर्न आदेश दिएको, तर पूर्वनिर्धारित कार्यक्रममा गएपछि सञ्चारमाध्यमहरूले आफू भागेको भ्रम फैलाएको आरोप लगाए। आफूमाथि गोली हान्न लाग्दासमेत नभागेको मान्छे भएको भन्दै अनुसन्धान गर्ने कुराले नभाग्ने बताए।
अध्यक्ष नेपालले भने, “कागताली कस्तो प¥यो भने, म जानुभन्दा एकदिन पहिला सर्वोच्च अदालतबाट एउटा निर्णय भएको रहेछ। त्यो निर्णयभित्र ललितानिवासको जग्गाको सन्दर्भमा छानबिनको प्रक्रिया अघि बढाउनु भनेर लेखिएको थियो। त्यसमा कता कता म प्रधानमन्त्री भएको बेलामा पनि जग्गा सम्बन्धी निर्णय भएका थिए। त्यसैसँग जोडेर पत्रपत्रिकामा मेरो बारेमा समाचार आयो। कसैकसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे। माधव नेपाल माग्ने खालको मान्छे होइन भन्नेकुरा बुझ्नुपर्दथ्यो।”
अध्यक्ष नेपाल साउन २२ गते स्वीजरल्यान्ड, स्पेन, क्रोएसिया, बेलायतलगायत युरोपेली मुलुकको भ्रमणमा गएका थिए। तर साउन २१ गते सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो। आफू विदेश जानु र अदालतको आदेश आउनु संयोग भएको र आफू पूर्वनिर्धारित कार्यक्रमअनुसार गएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
