पाँच वर्षसम्म इटालीको फुटबल टिम सम्हालेका प्रशिक्षक रोबर्टो मान्सिनीले राजीनामा दिएका छन्। इटालीलाई युरोकप २०२० को उपाधि जिताएका उनले २०२३ को विश्वकपमा छनोट गराउन असफल भएका थिए।
इटालीको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रोबर्टो मान्सिनीले राजीनामा दिएका छन्। ५८ वर्षीय मान्सिनीले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्।
उनले पाँच वर्षसम्म आफूलाई साथ दिने खेलाडी र समर्थकलाई धन्यवाद दिएका छन्। "यस पाँच वर्षमा मलाई साथ दिने मेरा सबै खेलाडी र फ्यानहरूलाई धन्यवाद," मान्सिनीले इन्स्टाग्राममा लेखेका छन्।
उनले सन् २०१८ मा रसियामा आयोजना भएको विश्वकपमा चारपटकको विजेता इटाली छनोट हुन नसकेपछि टोलीको जिम्मेवारी सम्हालेका थिए। त्यतिन्जेल इटालीका भर्पदा मानिने खेलाडीहरू जियानलुइगी बुफोन, एन्ड्रिया बार्जाग्ली र डेनियल डे रोसीले सन्यास लिइसकेका थिए।
उनी मुख्य प्रशिक्षक रहँदा इटालीले अक्टोबर २०१८ र अक्टोबर २०२१ को बीचमा कीर्तिमानी ३७ खेलसम्म अपराजित यात्रा तय गरेको थियो। इटालीले सन् २०२१ मा आयोजक इंग्ल्यान्डलाई फाइनलमा पराजित गर्दै युरोकप २०२० को उपाधिसमेत जित्यो। तर, उनले कतार विश्वकप २०२२ मा भने इटालीलाई छनोट गराउन सकेनन्।
युरोपियन छनोटको प्लेअफअन्तर्गत सेमिफाइनलमा नर्थ म्यासेडोनियासँग १-० गोलअन्तरले स्तब्ध हुँदै इटाली कतार विश्वकप २०२२ मा छनोट हुन अफसल भएको थियो। त्यसअघि, इटाली ब्राजिल विश्वकप २०१४ मा पनि छनोट हुन सकेको थिएन।
इटालीले सन् २०२०-२१ र २०२२-२३ संस्करणमा मान्सिनीको नेतृत्वमा नेसन्स लिगमा राम्रो प्रदर्शन गर्यो। विश्वकपमा छनोट हुन नसकेपछि म्यान्सिनीलाई राजीनामा गर्न इटालियन मिडियाले तीव्र दबाब दिएका थिए। तर, इटालीको फुटबल फेडेरेसनले उनलाई बर्खास्त गरेन। "ममाथिको विश्वासका लागि इटालीको फुटबल फेडेरेसनका सबै सदस्यर अध्यक्ष गेब्रिएल ग्राभिनालाई धन्यवाद दिन्छु," मान्सिनीले भनेका छन्।
इटालीको फुटबल फेडेरेसनले युरोकप २०२४ छनोटलाई मध्यनजर गर्दै केही दिनमै नयाँ प्रशिक्षक नियुक्त गर्ने जनाएको छ। इटालीले सेप्टेम्बरमा उत्तरी म्यासेडोनिया र युक्रेनसँग खेल्नेछ। इटाली रहेको समूह ‘सी’ मा इंग्ल्यान्ड चार खेलमा शतप्रतिशत जित निकाल्दै १२ अंकसहित शीर्ष स्थानमा छ।
यता, युक्रेन तीन खेलमा दुई जितसहित ६ अंक जोडेर दोस्रो स्थानमा छ भने, एक खेल कम खेलेको इटाली ३ अंकसहित तेस्रो स्थानमा छ। इटालीयन मिडियाका अनुसार टोटनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टे र नेपोलीलाई ३३ वर्षपछि सिरी ‘ए’ को उपाधि जिताएका लुसियानो स्पालेट्टीलाई इटालीको सम्भावित प्रशिक्षकमा हेरिएको छ। उनीहरूले ‘क्लोज सिजन’मा क्लब छोडेका थिए।
कोन्टेले यसअघि सन् २०१६ मा इटालीलाई युरोकपको क्वार्टरफाइनलसम्म पुर्याएका थिए। तर सेमिफाइनल प्रवेशका लागि भएको भिडन्तमा इटाली जर्मनीसँग पेनाल्टीमा पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
