एएफसी फुटसल एशियन कप छनोट २०२४ का लागि नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएका छन्।
काठमाडौँ– एएफसी फुटसल एशियन कप छनोट २०२४ का लागि नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बस्नेतलाई सोमबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। यस्तै, सहायक प्रशिक्षकमा थम्मन भुसाल नियुक्त भएका छन्।
बस्नेत यसअघि किर्गिस्तानको बिश्केकमा सन् २०२२ मा भएको एएफसी फुटसल एशियन कप छनोटमा राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए।
अक्टोबर ७ देखि ११ सम्म मंगोलियामा आयोजना हुने एएफसी फुटसल एशियन कप २०२४ छनोटमा नेपाल समूह ‘डी’ मा रहेको छ। नेपाल रहेको समूहमा भियतनाम, दक्षिण कोरिया र मंगोलिया रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
