कार्यसूचीमा प्रवेश नगरी प्रतिनिधिसभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ।
काठमाडौँ– प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले आगामी बैठक भदौ ३ गते आइतबारका लागि तय गरिएको जानकारी दिएका हुन्।
एमालेले त्रिभुवन विमानस्थलबाट बरामद सुन प्रकरणको छानबिनको विषयलाई लिएर निरन्तर संसद् बैठक अवरुद्ध गर्दै आएको छ।
सोमबारको बैठकमा पनि एमालेका सांसदहरूले उच्चस्तरीय छानबिन समितिको माग यथावत् रहेको भन्दै अवरोध गरेका थिए। सभामुख घिमिरेले अवरोध नगरी कार्यसूची अगाडि बढाउन आग्रह गर्दा पनि एमालेका सांसदहरूले निरन्तर नाराबाजी गरेपछि बैठक स्थगित भएको हो।
“आजको बैठकका लागि तय कार्यसूचीका सम्पूर्ण कार्यक्रमहरू सूचीबाट हटाइएको ब्यहोरा जानकारी गराउन चाहन्छु। अब प्रतिनिधिसभाको अर्को बैठक २०८० साल भदौ ३ गते आइतबार दिनको १ बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ,” सभामुख घिमिरेले भने।
एमालेको विरोधका कारण साउन १० गतेदेखि प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ। यसअघि पनि पटक–पटक कार्यसूचीमा प्रवेश नगरी र सूचना टाँसेर संसद् बैठक स्थगित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
