एमाले सचेतक महेश बर्तौलाले आफ्नो पार्टीका मागका सम्बोधन नगरी सरकारले जबरजस्ती अनुचित अडान लिएका कारण संसद् बैठक चल्न नसकेको बताएका छन्।
काठमाडौँ– सरकारको अनुचित अडानका कारण संसद् बैठक चल्न नसकेको प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएको छ।
एमालेका सचेतक महेश बर्ताैलाले आफ्नो पार्टीले संसद्मा उठाएको मागलाई सम्बोधन नगरी सरकारले जबरजस्ती अनुचित अडान लिएका कारण संसद् बैठक चल्न नसकेको बताएका हुन्।
सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले सुन तस्करीको जालोलाई अन्त्य गर्ने गरी आफ्नो पार्टी उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दा सरकारले बेवास्ता गरेका कारण संसद् बैठक चल्न नसकेको पनि दोहोर्याए।
“सरकार यो संसद् अवरोध गर्न चाहन्छ। संसद्को भूमिकालाई निस्तेज पार्न चाहन्छ। संसद्लाई प्यारालाइज गर्न चाहन्छ। त्यसकारण प्रतिपक्षले संसद्मा उठाएको मागलाई नजरअन्दाज गर्ने, अनदेखा गर्ने, माग पूरा गर्दिन भनेर अनुचित अडान एक प्रकारले भन्ने हो भने सरकारचाहिँ जबरजस्ती उभिएको अवस्था छ,” उनले भने।
एमाले सचेतक बर्ताैलाले एमाले संसद्मा कुनै पनि गतिरोध उत्पन्न नहोस् भन्ने मान्यतामा दृढ रहेको उल्लेख गरे। उनले एमालेले सदन सुचारु गराउन सभामुख देवराज घिमिरेको पनि ध्यानाकर्षण गराइरहेको बताए। “हामीले सभामुखलाई भनेको छौँ–सदन सुचारु गरौँ। सरकारलाई पनि आग्रह गर्यौँ हामीले। हामीले उठाएको माग देशको हितको पक्षमा छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
