मुगु जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो, ४ घाइते

सोमबार बेलुका सदरमुकाम गमगढीतर्फ जाँदै गरेको जिप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो। 

काठमाडौँ– मुगुको सोरु गाउँपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। 

सोमबार बेलुका सदरमुकाम गमगढीतर्फ जाँदै गरेको जिप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो। 

दुर्घटनामा हुम्लाको सर्केगाड–२ का थान परियार, प्रकाश बोहरा, राम परियार र पिस परियार तथा सोरु–५ का लोकजंग नेपालीको घटनास्थलमै मृत्यु भएको डीएसपी महेश बस्नेतले जानकारी दिए। 

अन्य चार जना घाइते भएको र उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको डीएसपी बस्नेतले बताए। 

उनका अनुसार जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो।