सडकमा ढुंगा खस्ने समस्याको कारण दैनिक जसो यातायात अवरुद्ध हुनुका साथै सवारीसाधन र यात्रुलाई चोटपटक लाग्ने र पुरिने जोखिम छ।
म्याग्दी– कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डमा पर्ने बैसरी अँधेरीखोलाको पहिरो रोकथाम गर्न थालिएको छ।
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बैसरीको सडकमा खस्ने पहिराको स्रोतसम्म डोजर लगेर रोकथामको काम भइरहेको छ।
सडकबाट पाखो हुँदै करिब ५०० मिटरमाथि डोजरले पहिरो पन्छाउने काम भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत् प्रजापतिले बताए। “छरिएको पानीको स्रोतलाई एकीकृत गरी बग्ने अवस्थामा रहेको जमिनमा डोजरले खोला बगाएर झारिरहेका छौँ,” उनले भने, “करिब २०० मिटर लम्बाइको पहिराको आधा भाग यसरी नै बगाइसकेका छौँ । माटो जति पानीले बगाउने र खस्नेजस्तो देखिने ढुङ्गा डोजर लगाएर खसालेका छौँ।”
भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि आयोजनाले नयाँ अभ्यास गरेको प्रमुख प्रजापतिले बताए। पानी र डोजर परिचालन गरेर जोखिमयुक्त ढुंगामाटो खसालिएको भागबाट पहिरो खस्न रोकिएको छ। पाखोबाट खसाल्ने काम सकिएपछि सडकमा थुप्रिएको ढुंगामाटो डोजरले पन्छाएर सडकमा यातायात सञ्चालनको तयारी भएको छ।
पहिरो पन्छाउनका लागि साउन २८ देखि ३२ गतेसम्म बेनी–जोमसोम सडकको घुमाउनेताल–बेगखोला खण्डमा पूर्ण रूपमा यातायात बन्द गरिएको छ। सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको छ।
बेनीबाट पोखरेबगरतर्फ जाँदै गरेको जिप पहिरो खसेर चालक अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० वर्षीय लुकजन शेरपुजा घाइते भएका थिए। पहिराले पुरेको जिप अझै निकालिएको छैन। शेरपुञ्जाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
सडकमा ढुंगा खस्ने समस्याको कारण दैनिक जसो यातायात अवरुद्ध हुनुका साथै सवारीसाधन र यात्रुलाई चोटपटक लाग्ने र पुरिने जोखिम छ। पहिरो शुरू हुने स्थानबाटै दीर्घकालीन समाधानको प्रयास गरिएको आयोजनाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
