रोनाल्डो अनुपस्थित खेलमा अल–नासर पराजित

खेलमा अग्रता भने साडियो मानेको गोलबाट नासरले लियो। उनले खेलको चौथो मिनेटमा गोल गरेका थिए। 

काठमाडौँ– साउदी प्रो लिगको पहिलो खेलमा अल–नासर पराजित भएको छ।

नियमित कप्तान क्रिस्टयानो रोनाल्डो बिना नै मैदान उत्रिएको नासर सोमबार राति अल–इतिफकसँग १–२ गोलअन्तरले पराजित भयो।

खेलमा अग्रता भने साडियो मानेको गोलबाट नासरले लिएको थियो। उनले खेलको चौथो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। ४७औँ मिनेटमा इतिफकका रोबिन क्वेजनले बराबरी गोल फर्काए। ५३औँ मिनेटमा डेम्बेलेले गोल गर्दै टोलीको जित सुनिश्चित गरे। 

नासरले यसै साता मात्र अरब क्लब कपको उपाधि जितेको थियो।