खोटाङका १० वटै स्थानीय तहबाट गायन तथा नृत्य विधामा एक–एकजना गरी २० जना प्रतिभा प्रतियोगिताको फाइनलमा पुगेका थिए।
खोटाङ– खोटाङ प्रतिभा–२०८० को उपाधि गायनतर्फ आश्विन राई र नृत्यतर्फ कविता श्रेष्ठले जितेका छन्।
खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायतले संयुक्त रूपमा काठमाडौँमा आयोजना गरेको फाइनल अडिसनमा नौ–नौजना प्रतिस्पर्धीलाई पछाडि पार्दै गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका आश्विन र नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता विजयी भएका हुन्।
प्रतिभा खोजी गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रदीप राई दोस्रो र बराहपोखरी गाउँपालिकाका लक्ष्मण परियार तेस्रो भए। यस्तै, नृत्यतर्फ बराहपोखरी गाउँपालिकाका सुवास विश्वकर्मा दोस्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी मनिता राई तेस्रो भएको आयोजकले जनाएको छ।
प्रथम, द्वितीय र तृतीय हुने प्रतिभालाई क्रमशः नगद दुई लाख दुई हजार, एक लाख एक हजार र ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको खोटाङ कलाकार समाजका अध्यक्ष एवं गायक तथा संगीतकार रूपकुमार राईले जानकारी दिए।
“छ जना प्रतिभालाई नगद पुरस्कारसहित गीत रेकर्डिङ तथा म्युजिक भिडियो खेल्ने अवसर दिनुका साथै बेलायतमा हुने विभिन्न कार्यक्रममा समेत सहभागी गराइनेछ,” उनले भने, “प्रतियोगितामा सहभागी बाँकी १४ प्रतिभालाई प्रोत्साहनस्वरूप सहभागिताको प्रमाणपत्रका साथै यातायात खर्च प्रदान गर्यौँ।”
प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहबाट गायन तथा नृत्य विधामा एक–एकजना गरी २० जना प्रतिभाले सहभागिता जनाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
