काठमाडौँबाट साँखु, भोटेचौर, हैबुङ, पाटीभञ्ज्याङ हुँदै ग्याल्थुमसम्म पुग्ने सडक सञ्चालनका लागि काम भइरहेको हेलम्बु गाउँपालिकाले जनाएको छ।
सिन्धुपाल्चोक– मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ।
लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए।
मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुंगेबजारबाटै सडक सञ्जाल टुटेको र बस्ती, सार्वजनिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिम रहेको उनको भनाइ छ। संघ र प्रदेश सरकारले सडक मर्मत र बाढी नियन्त्रणमा बेवास्ता गरेको अध्यक्ष शेर्पाले बताए।
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाले समेत विपत्तिमा चासो नदिएको उनको गुनासो छ। “हेलम्बु आन्तरिक स्रोत नै नभएको पालिका हो, त्यसमा पनि यो वर्ष बजेट कटौती भएर आएको छ। विपद्ले जहिले पनि हेलम्बुमा क्षति पुर्याइरहेको छ। प्रदेश र संघले पनि हेर्नुपर्यो।”
अध्यक्ष शेर्पाका अनुसार अहिले पाटीभञ्ज्याङ हुँदै हेलम्बु जोड्ने वैकल्पिक सडक सञ्चालनका लागि काम भइरहेको छ। बाढीका कारण हेलम्बुमा सडक यातायात पूर्ण रूपमा टुटेकाले वैकल्पिक सडकबाट पनि पालिकालाई सडक सञ्जालमा जोड्न प्रयास थालिएको छ।
अध्यक्ष शेर्पाले काठमाडौँबाट साँखु, भोटेचौर, हैबुङ, पाटीभञ्ज्याङ हुँदै हेलम्बुको ग्याल्थुमसम्म पुग्न सकिने सडक सञ्चालनका लागि काम भइरहेको बताए। गत हिउँदमा नदी नियन्त्रण तथा व्यवस्थापनका लागि गरिएको सबै प्रयास असफल भएपछि अहिले तनाव सिर्जना भएको उनको भनाइ छ।
“खोलालाई पुरानै धारमा फर्काउनका लागि करोडौँ बजेट खर्च भयो तर उपलब्धि केही छैन,” अध्यक्ष शेर्पाले भने, “अब हेलम्बुमा दीर्घकालीन योजनाबिना जथाभाबी खोलामा मेसिन हाल्न रोक लगाउँछु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
