अफगानिस्तानमा विस्फोट: ३ जनाको मृत्यु, ७ घाइते

पाकिस्तानको वजिरिस्तान क्षेत्रबाट फर्किएका केही शरणार्थी र खोस्टका बासिन्दा रहेको एक होटेलमा सोमबार राति बम विस्फोट भएको हो। 

पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तस्थित खोस्ट शहरमा भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ। 

अन्य ७ जना घाइते भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ। विस्फोट भएको क्षेत्रमा अहिले प्रहरीले घेराबन्दी गरी अनुसन्धान गरिरहेको छ।

पाकिस्तानको वजिरिस्तान क्षेत्रबाट फर्किएका केही शरणार्थी र खोस्टका बासिन्दा रहेको एक होटेलमा सोमबार राति बम विस्फोट भएको थियो। 

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। विस्फोट कसले  र किन गरायो भन्ने नखुलेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ।