हसरंगाले सन् २०१७ मा ओडीआईमा डेब्यू गरेका थिए। त्यसयता ४८ ओडीआई र ५८ टी-२० आई खेलेका उनले १५८ विकेट लिँदै एक हजार २६५ रन बनाएका छन्।
काठमाडौँ– श्रीलंकाली क्रिकेट टोलीका अलराउन्डर वानिन्दु हसरंगाले टेस्ट क्रिकेटबाट संन्यास लिएका छन्। उनले २६ वर्षको उमेरमै टेस्ट क्रिकेटबाट संन्यास लिएका हुन्।
टेस्ट क्रिकेट त्यो ढाँचा हो, जसलाई वास्तविक क्रिकेट भनिन्छ। तर, पछिल्लो समय टी-२० र एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटको लोकप्रियता बढ्दै जाँदा टेस्टको भविष्य अन्त्यनजिक रहेको विश्लेषण हुँदै आएको छ। कतिपय क्रिकेटरले आफ्नो बोर्डले तीनवटै फर्म्याटमा खेलाउने गरेको र विदेशी फ्रेन्चाइजी लिग खेल्न समय नपाएको भन्दै टेस्टबाट संन्यास लिइरहेका छन्। यस सूचीमा हसरंगा पनि थपिएका हुन्। उनले पनि ओडीआईमा करिअर लम्ब्याउन टेस्टबाट संन्यास लिएको श्रीलंका क्रिकेट बोर्डले जनाएको छ।
हसरंगाले सन् २०२० को डिसेम्बरमा दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा डेब्यू गरेका थिए। त्यसपछि उनले श्रीलंकाली टोलीबाट चार टेस्ट मात्रै खेले। उनले पछिल्लो समय विदेशी टी-२० लिगमा आफूलाई व्यस्त राखेका छन्। उनले अन्तिम पटक घरेलु मैदानमा २०२१ अप्रिलमा बंगलादेशविरुद्ध टेस्ट खेलेका थिए।
श्रीलंकाली बोर्डका सीईओ एश्ले सिल्भाले उनले संन्यास लिएको आधिकारिक रूपमा पुष्टि गरेका छन्। “उनको संन्यासलाई हामीले स्वीकार गर्नेछौँ। उनी अन्य फर्म्याटमा टोलीको महत्त्वपूर्ण हिस्सा हुनेछन् भन्नेमा हामी विश्वस्त छौँ,” सिल्भाले भने।
हसरंगाले सन् २०१७ मा ओडीआईमा डेब्यू गरेका थिए। त्यसयता उनले ४८ ओडीआई र ५८ टी-२० आई खेलेका छन्। यी खेलमा उनले १५८ विकेट र एक हजार २६५ रन बनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
