चेल्सी र काइसेडोबीच ८ वर्षको सम्झौता भएको छ। उनलाई थप एक वर्ष सम्झौता लम्ब्याउने सक्ने विकल्प पनि दिइएको छ।
काठमाडौँ– चेल्सीले मिडफिल्डर मोइसेस काइसेडोलाई अनुबन्ध गरेको छ। चेल्सीले प्रिमियर लिग प्रतिद्वन्द्वी क्लब ब्राइटनबाट इक्वेडरका मिडफिल्डरलाई ११५ मिलियन पाउन्ड खर्चिएर अनुबन्ध गरेको हो।
काइसेडोमाथि चेल्सीले खर्चेको यो कीर्तिमानी रकम हो। चेल्सीले यसै वर्ष अर्जेन्टिनी मिडफिल्डर इन्जो फर्नान्डेजलाई बेनिफिकाबाट १०६.८ मिलियन पाउन्डमा भित्र्याएको थियो।
चेल्सी र काइसेडोबीच ८ वर्षको सम्झौता भएको छ। उनलाई थप एक वर्ष सम्झौता लम्ब्याउने सक्ने विकल्प पनि दिइएको छ। काइसेडो गत सिजन नै ब्राइटन छाड्ने इच्छा प्रकट गरेका थिए त्यतिबेला आर्सनले उनलाई भित्र्याउने प्रयास गरेका थिए। तर, ब्राइटनले उनसँग थप पाँच वर्षको सम्झौता गरेको थियो।
यसवर्ष लिभरपुलले उनलाई भित्र्याउने प्रयास गरेको थियो। तर, काइसेडोले लिभरपुललाई छाडेर चेल्सी रोजेका हुन्। उनी सन् २०२१ मा इक्वेडको क्लब इन्डिपेन्डेन्ट डेल भालीबाट ब्राइटन भित्रिएका थिए। ब्राइटनबाट उनले ५३ खेल खेल्दै दुई गोल गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
