युवाहरूमा उद्यमशीलताको भावना विकास गर्न र त्यसका लागि आवश्यक उत्प्रेरणा, सूचना र ज्ञान दिने उद्देश्यले काठमाडौँमा ‘उद्यमशीलता प्रेरणा सम्मेलन’ आयोजना हुने भएको छ।
काठमाडौँ– काठमाडौँमा ‘उद्यमशीलता प्रेरणा सम्मेलन’ आयोजना हुने भएको छ। राष्ट्र निर्माण मञ्च नेपाल र ‘उद्यमशील युवा सिर्जनशील युवा’ राष्ट्रिय अभियानको संयुक्त आयोजनामा बुधबार काठमाडौँको बत्तिस पुतलीमा उक्त सम्मेलन हुन लागेको हो।
आयोजक उद्यमशील युवा सिर्जनशील युवा संयोजक भूपेन्द्रजंग शाहीका अनुसार युवाहरूमा उद्यमशीलताको भावना विकास गर्न र त्यसका लागि आवश्यक उत्प्रेरणा, सूचना र ज्ञान दिन सम्मेलन आयोजना गरिएको हो। “पुँजी निर्माण, रोजगारी सिर्जना र उद्यमशीलता विकास हाम्रो प्रमुख ध्येय हो,” उनले भने। वित्त, बजार जानकारी र व्यापार नेटवर्कमा पहुँच स्थापित गर्न युवा उद्यमीहरूले सामना गर्नुपर्ने अवरोध हटाउन सहयोग गर्नु सम्मेलनको उद्देश्य रहेको उनको भनाइ छ।
सम्मेलनको वक्ताहरूमा अर्थमन्त्री डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, अर्थविद् डा. अच्युत वाग्ले, नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ लगायत उद्यमशीलता र आर्थिक विकाससँग सम्बन्धित विज्ञ र सरोकारवालाहरू रहने छन्। सम्मेलनमा प्रादेशिक प्रतिनिधित्व हुने गरी युवाहरू सहभागिता रहने पनि आयोजकले जनाएको छ।
आयोजकका अनुसार सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (ओपीएमसीएम), अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्र बैंक, बैंकरहरू, नेपाल उद्योग वाणिज्य महासंघका सदस्यहरू, उद्यमशीलता इकोसिस्टम साझेदार र निजी क्षेत्रका प्रतिनिधिको पनि सहभागी रहने छ।
सम्मेलनमा राष्ट्रिय, प्रदेश र स्थानीय तहका उद्यमशीलता इकोसिस्टम साझेदार र नीति निर्माताहरूसँग चरणबद्ध छलफल गरिने संयोजक शाहीको भनाइ छ। सम्मेलनको दोस्रो चरणमा स्थानीय उद्यमी सिर्जनामा केन्द्रित भएर युवाहरूले सीप विकास कार्यक्रमहरूबाट लाभ लिन सक्ने क्षेत्रहरू पहिचान गर्न आवश्यकता मूल्यांकन गरिने छ। राष्ट्रिय सम्मेलनपछि प्रत्येक प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म उद्यमशीलतासम्बन्धी कार्यक्रम गरिने उनले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
