मंगलबारको कारोबारपछि म्युचुअल फन्ड समूहको उपसूचक ४.२८ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.८० अंकले घटेर २०४५.४४ अंकमा झरेको छ।
मंगलबार विभिन्न कम्पनीका २७८ कम्पनीको ५६ लाख तीन हजार १७९ कित्ता शेयर ६१ हजार ३४१ पटक खरिदबिक्री हुँदा दुई अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ बराबरको कारोबार भएको छ।
मंगलबारको कारोबारपछि म्युचुअल फन्ड समूहको उपसूचक ४.२८ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह २४२.७० र जीवन बीमा समूह २०४.२८ अंकले घटेको छ।
बैंकिङ ११.९७, विकास बैंक ७३.१८, वित्त ३९.८४, होटल तथा पर्यटन १२३.६९ र जलविद्युत् ५१.३३ अंकले घटेको छ। लगानी समूह ०.८१, लघुवित्त ४०.१६, निर्जीवन बीमा १८४.२१, व्यापार १४.४१ र अन्य समूहको उपसूचक १३.८९ अंकले घटेको छ।
मंगलबारको कारोबारपछि इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा हिमालयन डिस्टिलरी लिमिटेडको शेयर मूल्य ७.६९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको २० करोड ५५ लाख ९४ हजार ३२ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। किनबेच भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन लाख २५ हजार २३५ कित्ता किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
