अल–हिलालका अध्यक्ष फहाद बिन सादले नेयमारलाई क्लबमा स्वागत गर्दै ‘एक विश्वव्यापी आइकन र रोक्न नसक्ने आक्रमणकारी शक्ति’ भनेका छन्।
काठमाडौँ– ब्राजिलका फरवार्ड नेयमार फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट साउदी प्रो लिग क्लब अल–हिलालमा आबद्ध भएका छन्। ३१ वर्षीय नेयमार करिब ९० मिलियन युरोमा साउदी भित्रिएको बीबीसीले जनाएको छ।
“मैले युरोपमा धेरै उपलब्धि हासिल गरेको छु र विशेष समयको आनन्द उठाएको छु,” मंगलबार राति अल–हिलालसँग सम्झौता गरेपछि नेयमारले भने, “तर म सधैँ विश्वव्यापी खेलाडी बन्न चाहन्छु र नयाँ ठाउँमा नयाँ चुनौती र अवसरसँग आफूलाई परीक्षण गर्न चाहन्छु।”

सन् २०१७ मा विश्व कीर्तिमानी मूल्यमा पीएसजीमा आबद्ध भएका उनी शनिबार लिग १ अन्तर्गत लोरिएन्टविरुद्ध ड्र हुँदा टोलीबाट बाहिर थिए। साउदी क्लबमा गुणस्तरीय खेलाडी रहेको नेयमारले बताएका छन्।
“म खेलकुदको नयाँ इतिहास लेख्न चाहन्छु, र साउदी प्रो लिगमा यतिबेला ठूलो ऊर्जा र गुणस्तरीय खेलाडीहरू छन्,” नेयमारले थपे, “मैले धेरै सुनेको र सिकेको छु कि म साउदी अरबमा वर्षौंदेखि खेलेका ब्राजिलियन खेलाडीको लामो सूची पछ्याउँदै छु, त्यसैले मलाई विश्वास छ कि यो उपयुक्त स्थान हो।”
अल हिलालका अध्यक्ष फहाद बिन सादले नेयमारलाई क्लबमा स्वागत गर्दै ‘एक विश्वव्यापी आइकन र रोक्न नसक्ने आक्रमणकारी शक्ति’ भनेका छन्।

उता, पीएसजीका अध्यक्ष र प्रमुख कार्यकारी नासेर अल–खेलाफीले भने विश्वका उत्कृष्ट खेलाडीमध्ये एक नेयमार जस्ता अद्भुत खेलाडीलाई बिदाइ गर्न सधैँ गाह्रो हुने प्रतिक्रिया दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
