इन्टर मियामी लिग्स कपको फाइनलमा, लगातार छैटौँ खेलमा मेस्सीको गोल

इन्टर मियामीका लागि मेसीसँगै जोसेफ मार्टिनेज, जोर्दी अल्वा र डेविड रुइजले गोल गरे। मियामीले अब उपाधिका लागि मोन्टेरे र नासभिल एससीबीचको विजेतासँग खेल्नेछ। 

काठमाडौँ– कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामी लिग्स कपको फाइनलमा प्रवेश गरेको छ। 

बुधबार बिहान भएको सेमिफाइनलमा इन्टर मिया मीले फिलाडेल्फियालाई ४–१ ले पराजित गरेको हो। फिलाडेल्फियाको घरेलु मैदान सुबारु पार्कमा भएको खेलमा तेस्रो मिनेटमा नै जोसेफ मार्टिनेजको गोलबाट मिया मीले अग्रता लिएको थियो। 

मेस्सीले २०औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे। उनले लगातार छैटौँ खेलमा गोल गरेका हुन्। यसअघि मियामीबाट खेलेका सबै पाँच खेलमा उनले गोल गरेका थिए। 

जोर्दी अल्वाले पहिलो हाफको अतिरिक्त समयमा मियामीका लागि तेस्रो गोल गरे। डेविड रुइजले ८४ औँ मिनेटमा गोल गरेर फराकिलो जितसहित टोलीलाई उपाधिनजिक पुर्‍याए। ७३औँ मिनेटमा फिलाडेल्फियाका अलेजान्द्रो वेदोयाले एक गोल फर्काए। 

सन् २०१८ मा स्थापना भएको मियामी पहिलो पटक कुनै पनि प्रतियोगितामा फाइनल पुगेको हो। मियामीले अब उपाधिका लागि मोन्टेरे र नासभिल एससीबीचको विजेतासँग खेल्नेछ।