अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा, प्रधानमन्त्रीले घोषणा गर्दै

अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने गरी गत मंसिर २५ गते यससम्बन्धी कार्यविधि स्वीकृत भएको थियो। 

काठमाडौँ– सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार यसको औपचारिक घोषणा गर्दैछन्। प्रज्ञा भवन कमलादीमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री दाहालले औपचारिक घोषणा गर्ने कोषले जनाएको छ। 

अनौपचारिक क्षेत्रका श्रमिकलाई २०८० वैशाख १ देखि नै कोषमा समेट्ने गरी मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो। 

तर, तयारी नपुगेका कारण आज मात्र त्यसको औपचारिक घोषणा गर्न लागिएको कोषले जनाएको छ।