ज्येष्ठ सदस्य गयानन्द मण्डल कृषि राज्यमन्त्री नियुक्त भएको र उनको शपथसमेत भइसकेको कोशी प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताए।
काठमाडौँ– कोशी प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल कृषि राज्यमन्त्री नियुक्त भएका छन्। बुधबार मुख्यमन्त्री उद्धव थापाले मण्डललाई राज्यमन्त्री नियुक्त गरेका हुन्।
राज्यमन्त्री नियुक्त भएलगत्तै मण्डलको शपथसमेत भइसकेको कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताए।
साउन १६ गते मुख्यमन्त्री नियुक्त थापाले विश्वासको मत लिएका छैनन्। कोशी प्रदेशसभा हाल सभामुखविहीन छ। एमालेकी सिर्जना दनुवार उपसभामुख छिन्। सरकार गठन गर्न आवश्यक संख्या अपुग भएपछि तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएका थिए।
उपसभामुख दनुवारले पनि राजीनामा दिए मण्डलले प्रदेशसभा बैठक सञ्चालन गर्नुपर्ने अवस्था थियो। त्यस्तो अवस्थामा मुख्यमन्त्री थापाले विश्वासको मत पाउँदैनन्।
उपसभामुखले राजीनामा दिए प्रदेशसभा बैठकको अध्यक्षता एमालेकै ज्येष्ठ सदस्यलाई गराउने रणनीतिसहित गठबन्धनले मण्डललाई मन्त्री बनाएको हो।
प्रदेशसभा बैठक भदौ १ मा बस्दैछ। ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। गठबन्धनसँग ४७ नै सांसद छन्।
विपक्षमा एमालेका ३९ (उपसभामुख बाहेक) र राप्रपाका ६ सांसद छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
