राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको भेटमा संसद्मा भइरहेको अवरोध र समसामयिक राजनीतिबारे कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको भेटमा संसद्मा भइरहेको अवरोध र समसामयिक राजनीतिबारे कुराकानी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्य बढ्ने र नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका छन्। संसद्मा रहेका सबै दललाई मिलाएर अघि बढ्न उनको सुझाव थियो।
सो अवसरमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेको पोखरेलले बताए। यसअघि राष्ट्रपति पौडेलले संसद् अवरोधबारे चासो राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गरेका थिए।
उच्चस्तरीय समिति बनाएर सुन तस्करी प्रकरण छानबिन गर्नुपर्ने माग गर्दै एमालेले साउन १० देखि संसद् अवरोध गरिरहेको छ।
संसद्को गतिरोध अन्त्यका लागि प्रमुख दलबीच पटक–पटक छलफल भए पनि निष्कर्षमा पुग्न सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
