विज्ञहरूका अनुसार बालबालिकाको खानपानमा कमी र उमेर अनुसार पोषणको अभाव भयो भने पुड्कोपना देखिन्छ।
काठमाडौँ– नेपालमा पाँच वर्षमुनिका प्रत्येक चार बालबालिकामध्ये एक जनामा पुड्कोपना हुने गरेको अध्ययनले देखाएको छ। यो भनेको प्रत्येक सय जनामा २५ जना हो।
विज्ञहरूका अनुसार बालबालिकाको खानपानमा कमी र उमेर अनुसार पोषणको अभाव भयो भने पुड्कोपना देखिन्छ। स्वास्थ्य सेवा विभागकाे परिवार कल्याण महाशाखा अन्तर्गत् पोषण शाखा प्रमुख लिलाविक्रम थापाले नेपाल स्वास्थ्य जनसांख्यिक सर्वेक्षण सन् २०२२ को तथ्याङ्क अनुसार नेपालमा प्रत्येक चार जनामध्ये एक जनामा पुड्कोपना रहेको र पछिल्लो वर्षयता पुड्कोपनामा सुधार भएको बताउनु भयो।
नेपाल स्वास्थ्य जनसांख्यिक सर्वेक्षण सन् २०१६ अनुसार प्रत्येक एक सय जनामध्ये ३६ जना बालबालिकामा पुड्कोपना रहेको थियो।
पुड्कोपना दीर्घकालीन कुपोषणको संकेत भएको भन्दै यसलाई कम गर्न खानपानमा सुधार ल्याउनुपर्ने पोषण शाखा प्रमुख थापाकाे भनाइ छ। थापाकाअनुसार आमाले गर्भमा हुँदा खानपानमा निकै ध्यान दिनुपर्छ । यस्तै सुत्केरी भइसकेपछि बच्चालाई जति सक्दो छिटो स्तनपान, ६ महिनासम्म पूर्ण र दुई वर्षसम्म स्तनपान गराउने कुरामा विशेष जोड दिनुपर्ने हुन्छ।
पुड्कोपना हुन नदिन ७५३ स्थानीय तहमै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका अनुसार आमा स्वास्थ्य चौकीमा जाँदा बच्चाको तौल, उचाई, आमाको स्वास्थ्य अवस्था, पोषण लगायतबारे जानकारी लिने गरिन्छ । थापाले स्थानीय स्तरमा नै उत्पादन भएका खानेकुराबारे उचित किसिमको परामर्श दिने गरेको पनि बताउनु भयो।
कर्णालीका ४४ प्रतिशत बालबालिकामा पुड्कोपना
स्वास्थ्य मन्त्रालयको सर्वेक्षणले कर्णाली प्रदेशका ४४ प्रतिशत बालबालिकामा पुड्कोपनाको समस्या रहेको देखाएको छ। सरकारले पुड्कोपना न्युनीकरण गर्न कर्णाली प्रदेशका पाँच वटा जिल्ला हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगुमा ‘फर्टिफाईड फ्लोर’ उपलब्ध गराउँदै आएको पोषण शाखा प्रमुख थापाले बताउनुभयो। उहाँका अनुसार ६ देखि २ वर्षमुनिका बच्चा, गर्भवती र ४५ दिनसम्मका सुत्केरीलाई ‘फर्टिफाईड फ्लोर’ वितरण गरिँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
