१७ जना महिलाले एक–एक लाख लगानी गरेर उद्योग सञ्चालन गरेका हुन्। उनीहरूले यसपटक मात्रै आँपको अचार साढे सात क्विन्टल र गल्का एक क्विन्टल उत्पादन गरेका छन्।
टीकापुर– कैलालीको टीकापुरमा व्यावसायिक रूपमा मस्यौरा र गुन्द्रुक उत्पादन गर्दै आएका महिला उद्यमीले अचारसमेत उत्पादन थालेका छन् ।
उनीहरूले यसपटक आँपको अचार साढे सात क्विन्टल र गल्का एक क्विन्टल उत्पादन गरेका छन्। यसका साथै उनीहरू तामा, निगुरो, हरियो खुर्सानी, करेला, मेथी, कुखुरा र सिद्राको अचार उत्पादनमा व्यस्त छन्।
यसरी दैनिक ५० किलो अचार उत्पादन हुने गरेको महिला उद्यमी कल्पना जैशीले बताइन्। “आँपको अचार सबै बिक्री भयो,” उनले भनिन्, “दैनिक ५० किलो अचार उत्पादन गर्छौँ, मागअनुसारका अचार उत्पादन गर्न सकेका छैनौँ।”
अनुमतिपत्र पाएपछि उत्पादन बढाएर अन्य जिल्ला पठाउने जैशीको योजना छ। दैनिक २०/२५ महिलाले रोजगारी पाएको उनले बताइन्। यहाँ उत्पादन भएको अचार, सिन्की र गुन्द्रुक काठमाडौँ, नेपालगन्जजस्ता शहरदेखि बर्दिया, सुर्खेत, कञ्चनपुर र टीकापुरका विभिन्न मार्टमा बिक्री हुने गरेको छ।
यस क्षेत्रका १७ महिलाले समूह बनाएर गत मंसिरदेखि मालिका उद्यमी कम्पनीमार्फत मस्यौरा र गुन्द्रुक उत्पादन थालेका छन्। उनीहरूले आठ क्विन्टल मस्यौरा उत्पादन गरिसकेका छन्। पाँच क्विन्टल बिक्री भइसकेको जैशीले बताइन्।
यसैगरी दुई क्विन्टल गुन्द्रुक र साढे तीन क्विन्टल सिन्की उत्पादन भएको छ। सिन्की र गुन्द्रुक सबै बिक्री भइसकेको छ। पहिलोपटक उत्पादन शुरू गरिएका कारण मागअनुसार सिन्की र गुन्द्रुक उत्पादन गर्न नसकिएको सिर्जना पण्डितले बताइन्।
“शुरूआत भएका कारण कच्चा पदार्थ जुटाउन नसक्दा मागअनुसार उत्पादन गर्न सकेनौँ,” उनले भनिन्, “सिक्दैछौँ, उत्पादन बढाउँदै जान्छौँ।” गुणस्तर मापनका लागि उनीहरूले खाद्य तथा गुण नियन्त्रण कार्यालय धनगढीमा पठाउने गरेका छन्।
मस्यौरा बनाउनका लागि मेसिन प्रयोग हुन्छ। पिँडालु छिल्ने, पिँडालु मसिनो बनाउने, मास पिस्ने, पिँडालु र मास मिक्स गर्ने र तयार भएको मस्यौरा सुकाउने गरी पाँच मेसिन भारतको दिल्लीबाट ल्याएका हुन्। मस्यौरा तयार गर्ने मेसिनमा रु १३ लाख बढी खर्च भएको छ भने सिन्की परम्परागत रूपमै तयार गर्ने गरिएको छ। १७ जना महिलाले एक–एक लाख लगानी गरी उद्योग सञ्चालन गरेका हुन्।
महिलाले उद्योग सञ्चालन गरेपछि यस क्षेत्रका किसानको मुला, पिँडालु र मासले मूल्य पाएको छ। यसपटक मुला उत्पादक किसानले सोचेभन्दा राम्रो नाफा कमाउन सफल भएका छन्।
विगतमा तरकारी खेती गरेर बजारको समस्या भोगेका जानकी गाउँपालिकाको सुवर्णपुरका चित्रबहादुर चौधरीले तरकारीको मूल्य न्यून पाए पनि बजारको समस्या नभएको बताए।
महिलाले उत्पादन गरेका सामान व्यापार महासंघले बजारीकरण गरिदिने भएको छ। उद्योगमा लगानी बढाउने, धेरै उत्पादन गर्ने, ठूला उपकरण थप्ने महिला उद्यमीको योजना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
