दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको बीबीसीले जनाएको छ। ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अनुमान छ।
प्रवासी बोकेको डुंगा आन्ध्र महासागरको केप भर्ड टापु नजिक पल्टिँदा ६० जनाभन्दा बढीको मृत्यु भएको छ। दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको बीबीसीले जनाएको छ। ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अनुमान छ।
उक्त डुंगा अफ्रिकी देश सेनेगलबाट एक महिनाअघि हिँडेको थियो। स्थानीय प्रहरीले जनाएअनुसार डुंगा पहिलो पटक गएको सोमबार देखिएको थियो। शुरूमा डुंगा डुबेको भनिए पनि पछि यो बगिरहेको अवस्थामा भेटिएको हो।
केप भर्डको एक भागबाट एक स्पेनिस फिसिङ बोटले झन्डै ३२० किलोमिटर पर काठबाट बनेको यो डुंगालाई आइरहेको देखेको थियो। जसले पछि त्यहाँका प्रहरी अधिकारीलाई खबर गरेको थियो।
उद्धार गरिएकामध्ये चार जना १६ वर्षमुनिका बालबालिका रहेको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)का प्रवक्ता सफा मिसेलीले बताइन्।
उद्धार गरिएकाहरूको भनाइ उद्धृत गर्दै सेनेगलका विदेशमन्त्रीले यो डुंगा सेनेगलको एक माझी गाउँ फेसी बोएबाट जुलाई १० मा १०१ जना मानिस बोकेर हिँडेको बताए। डुंगामा भएकामध्ये धेरै जना सेनेगलको त्यही गाउँका रहेको र बाँकी सिरिया, गुयनाका भएको बताइएको छ। सेनेगल सरकारले उद्धार गरिएका आफ्ना नागरिकलाई स्वदेश फिर्ती गर्न भनेको छ।
उनीहरूको गन्तव्य कहाँसम्म थियो भन्ने कुरा अझै यकिन हुन सकेको छैन। तर युरोपेली देश प्रवेश गर्न खोजेको हुनसक्ने अनुमान गरिएको छ। पछिल्लो समय यसरी सामुन्द्रिक मार्ग हुँदै मानव तस्करी बढिरहेको आईओएमका प्रवक्ता सफा मिसेलीले बताइन्।
यसरी अवैधानिक तवरले अर्काको देश छिर्न खोज्दा हजारौँले ज्यान गुमाइसकेका छन्। उनकाअनुसार सन् २०२० देखि २०२३ सम्म ६७ हजार मानिस यही मार्ग भएर क्यानरी आइल्यान्ड पुगेका छन् । यही अवधिमा २,५०० भन्दा बढीले ज्यान गुमाइसकेका छन्।
केप भर्ड द्वीपसमूह पश्चिम अफ्रिकाको तटबाट लगभग ६०० किलोमिटर टाढा क्यानरी आइल्यान्डको लागि आप्रवासीहरूले प्रयोग गर्ने मार्गमा अवस्थित छ। क्यानरी आइल्यान्ड स्पेनी क्षेत्र हो। यसलाई युरोपेली क्षेत्रमा प्रवेश गर्ने मुख्य मार्गको रूपमा लिइन्छ। आईओएमका अनुसार यो कुनै पनि आप्रवासीले गर्न सक्ने सबैभन्दा खतरनाक यात्रामध्ये एक हो।
केप भर्डका अधिकारीहरूले आप्रवासीहरूको जीवन जोखिममा पर्न नदिन विश्वव्यापी रूपमा आग्रह गरिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
