एमालेको साउन २९ गतेको सचिवालय बैठकले पार्टी तथा मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ।
काठमाडौँ– एमालेले पार्टी तथा मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ।
साउन २९ गतेको सचिवालय बैठकले गरेको उक्त निर्णयबारे अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरिने एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए।
पार्टीका कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टीका कमिटी तथा जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टीका अध्यक्ष बाहेक अन्य नेताका तस्वीर प्रयोग नगर्ने, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि तथा वक्तालाई दर्शक दीर्घामा नै मर्यादित ढंगले आसनको व्यवस्था मिलाउने र कार्यक्रमको अन्तिमसम्म आसन ग्रहण गराइने परम्परा अन्त्य गर्ने मापदण्ड बनाइएको छ।
यस्तै, कार्यक्रममा ब्याच, माला र खाँदाको अनावश्यक प्रयोग नगर्ने तथा कार्यक्रमलाई भड्किलो नबनाउने एमालेको निर्णय छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
