प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुग्दा बस्दै नबसी स्थगित भएको छ।
काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुग्दा बस्दै नबसी स्थगित भएको छ। बिहीबार सिंहदरबारमा बोलाइएको संसदीय समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो।
सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु सम्परीक्षण सम्बन्धमा छलफल हुने विषय राखिएको थियो। संसदीय समितिको नेतृत्व चयन हुन नसकेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठक बहिष्कार गरेसँगै समितिमा गणपूरक संख्या नपुगेको हो।
बैठक बस्न नसकेपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेपाली कांग्रेसका सांसद एवं सार्वजनिक लेखा समितिका ज्येष्ठ सदस्य सभापति अर्जुननरसिंह केसीले अहिले संसद् नचलिरहेको समयमा समितिहरू जागरूक हुँदा संसद्लाई चलाउन निकास निस्किनसक्ने भएकाले पनि बैठक बोलाइएको बताए। उनले राष्ट्रिय समस्याको रूपमा रहेको बेरुजु, आर्थिक हिनामिना र अनियमितताबारे छलफल गर्न लागे पनि कोरम नपुग्दा बैठक बस्न नसकेको बताए।
“हामीले आज अहिले राष्ट्रिय समस्याको रूपमा रहेको बेरुजु जुन छ, आर्थिक हिनामिना र अनियमितताको कुरामा छलफल गर्न लागेका हौँ। त्यसमा छलफल गर्न बैठक बोलाइएको भए पनि कोरम पुग्न सकेन त्यसकारण स्थगित भयो । सबै समितिमा सभापति सकेसम्म चाँडो आओस्,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
