कांग्रेस सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतोबिना विमानस्थलबाट सुन बाहिरिन नसक्ने बताएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतोबिना विमानस्थलबाट सुन बाहिरिन नसक्ने बताएका छन्। बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागको टोलीले ठूलो परिणाममा सुन बरामद गरेको थियो। शुरूमा उक्त सुन सय किलो भएको भनिए तापनि राष्ट्र बैंकको टक्सार महाशाखाले तौल यकिन गर्दा ६० किलो ७१६ ग्राम भएको थियो। विमानस्थलबाट सो परिमाणको सुन तस्करी सरकारमा रहेका शक्तिसम्पन्न व्यक्तिहरूको मिलेमतोबिना हुन नसक्ने कांग्रेस सांसद केसीको भनाइ छ।
उनले दुई वटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट ठूलो परिणाममा सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने दाबी गरे। “एउटा सियो, एउटा मोबाइल, दुई तोला सुन एक्सरे गरेर हेर्ने एयरपोर्ट सत्तामा बसेका शक्तिसम्पन्न व्यक्तिको मिलेमतो र संलग्नता नभईकन एक क्विन्टल सुन एयरपोर्टबाट बाहिर निस्किन्छ? त्यसलाई छान्नको निम्ति निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्छ,” उनले भने।
नेता केसीले संसद् बन्धक राख्ने कुरा प्रमुख प्रतिपक्षको स्वभावका रूपमा परिणत हुँदै गएको पनि बताए। उनले प्रतिपक्षीले उठाएका मुद्दामा आफूको पनि सहमति रहेको उल्लेख गरे। “उहाँ (प्रतिपक्षी दल) हरूले उठाउनुभएको इस्युजमा कतिपयमा हाम्रो पनि सहमत छ। जाँचबुझ ऐन, २०२६ अन्तर्गत उच्चस्तरीय न्यायिक समिति बनाउनुपर्छ भनेर म आफैँ पनि भनिरहेको छु। सर्वोच्च अदालतको न्यायाधीश, पूर्वन्यायाधीशहरू राखेर समिति बनाऔँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
