प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सत्ता पक्ष र विपक्षको लडाइँका कारण लोकतन्त्र रहन्छ कि रहँदैन भन्ने शंका उब्जिएको बताए।
काठमाडौँ– प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नबन्न नसकेको आरोप लगाएका छन्।
बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले समिति सभापति चयन गर्न नै नचाहेको आरोप लगाएका हुन्।आठ महिना भइसक्दासमेत समितिले नेतृत्व पाउन नसक्नुले सरकार जनताप्रति उत्तरदायी नभएको पुष्टि हुने उनको भनाइ छ।
“आठ महिना भइसक्दा समेत समितिले नेतृत्व पाउन सकेको छैन। समिति गठन नभएपछि सरकारलाई गाह्रो हुन्छ, सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति चयन हुन दिइरहेको छैन,” उनले भने।
सांसद सिंहले सत्ता पक्ष र विपक्षको लडाइँका कारण लोकतन्त्र रहन्छ कि रहँदैन भन्ने शंका उब्जिएको बताए। उनले अहिले सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर संसद्लाई बन्धक बनाएको आरोप लगाए।
अहिले सरकारमा पनि कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षमा पनि कम्युनिस्ट पार्टी भएको भन्दै उनले कम्युनिस्टहरूले संसदीय व्यवस्थामा विश्वास नगर्ने बताए। उनले कांग्रेस अहिले कम्युनिस्टहरूको पुच्छर भएको टिप्पणी गरे।
“अहिले सत्तापक्ष पनि कम्युनिस्ट हो, प्रमुख प्रतिपक्ष पनि कम्युनिस्ट हो, कांग्रेस त पुच्छर हो त्यहाँ। माओवादी शुरूदेखि संसद्विरोधी पार्टी हो। कुनै पनि कम्युनिस्टमा संसदीय व्यवस्थामा हुँदैन। कम्युनिस्ट प्रणालीमा संसद् हुँदैन,” उनले भने।
सांसद सिंहले कम्युनिस्टहरूलाई संसदीय व्यवस्थामा विश्वास नै नरहेको जिकिर गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
