बिहीबारको कारोबारपछि बजार पुँजीकरण ३० खर्ब ४३ अर्ब ९१ लाख ७७ हजार ५७९.८ पुगेको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ। बिहीबारको कारोबारमा नेप्से परिसूचक ८.०१ अंकले बढेर २०३३.१३ विन्दुमा कायम भएको छ।
बिहीबार विभिन्न कम्पनीका कुल ४० लाख नौ हजार २६३ कित्ता शेयर एक अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८.७९ मा कारोबार भएको छ। यो दिनको कारोबारमा म्युचुअल फन्डबाहेक सबै उपसमूहमा हरियाली छाएको छ।
सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किममा सकारात्मक सर्किट लागेको छ। साथै लवर्टी इनर्जी कम्पनीको ९.९४ प्रतिशत, अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको ६.१७ प्रतिशत, सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको ५.७७ र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको शेयर मूल्य ४.९८ प्रतिशतले बढेको छ।
त्यसैगरी, लक्ष्मी इक्विपटी फन्डको शेयर मूल्य ७.४३ प्रतिशतले घटेको छ भने मेन्छियाम हाइड्रोपावर लिमिटेडको ४.४१ प्रतिशत, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ४.२१ प्रतिशत, सुपर माई हाइड्रोपावर लिमिटेडको ३.९० प्रतिशत र बलेफी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ३.७१ प्रतिशतले घटेको छ।
बिहीबारको कारोबारपछि बजार पुँजीकरण ३० खर्ब ४३ अर्ब ९१ लाख ७७ हजार ५७९.८ पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
