एएफसी फुटसल एशियन कप छनोट २०२४ मा सहभागिता जनाउनका लागि खुला छनोटमार्फत राष्ट्रिय टोली बनाउन लागेको एन्फाले जनाएको छ।
काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)ले खुल्ला छनोटमार्फत राष्ट्रिय टोली निर्माण गर्ने भएको छ।
मंगोलियामा आयोजना हुने एएफसी फुटसल एशियन कप छनोट २०२४ मा सहभागिता जनाउनका लागि खुला छनोटमार्फत राष्ट्रिय टोली बनाउन लागेको एन्फाले जनाएको छ।
एन्फाका अनुसार छनोट प्रतियोगिता चन्द्रगिरिस्थित मत्स्या रिक्रिएशन सेन्टरमा हुने छ।
एन्फाले इच्छुक खेलाडीलाई भदौ १० देखि १५ सम्ममा दर्ता फारम भर्न भनेको छ। तर, छनोटको मिति भने सार्वजनिक गरेको छैन।
एन्फाले गत सोमबार गौरव बस्नेतलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। उनले यसअघि पनि राष्ट्रिय फुटसल टोली हेरेका थिए। यस्तै, सहायक प्रशिक्षकमा भने थमन भुसाल नियुक्त भएका छन्।
छनोट प्रतियोगितामा सहभागी ३१ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘डी’ मा रहेको छ। उक्त समूहमा नेपाल र आयोजक मंगोलियासँगै भियतनाम र दक्षिण कोरिया छन्। समूह चरणका खेलहरू आगामी अक्टोबर ७ देखि ११ तारिखसम्म हुने छ।
हरेक समूहको शीर्ष दुईमा रहने टोली सोझै एएफसी फुटसल एशियन कपमा पुग्ने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
