मेसुकेले इराकी प्रिमियर लिग खेल्ने

मेसुके ओलोउमोउले इराकी प्रिमियर लिग खेल्ने भएका छन्।

काठमाडौँ– क्यामरुनी विंगर मेसुके ओलोउमोउले इराकी प्रिमियर लिग खेल्ने भएका छन्।

उनी एक सिजनका लागि अल कासिम स्पोर्टस क्लबमा अनुबन्ध भएका हुन्। योसँगै उनले २०२३/२४ सिजन कासिमबाट खेल्ने छन्।

उनले गत जेठमा सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नवप्रवेशी एफसी खुमलटारबाट खेलेका थिए। उनी लिगमा दोस्रो सर्वाधिक गोलकर्ता बनाएका थिए। उनले २३ खेलमा १८ गोल गरेका थिए। 

यद्यपि, खुमलटार अंकतालिकाको पुछारमा रहँदै ‘बी’ डिभिजनमा घटुवा भएको थियो। पछिल्लो समय उनले मछिन्द्र फुटबल क्लबबाट एएफसी कपको दोस्रो चरणको प्रारम्भिक छनोट खेलेका थिए।

उनले ७८औँ मिनेटमा फ्रिकिकबाट एक गोल गरेका थिए। यद्यपि, मछिन्द्र ३–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।