आगामी अगस्ट ३१ मा हुने च्याम्पियन्स लिगको समूह चरणको ‘ड्र’ समारोहमा मनोनयनमा परेकामध्ये एकले उत्कृष्ट खेलाडीको अवार्ड पाउने यूएईएफएले जनाएको छ।
काठमाडौँ– यूईएफए प्लेअर अफ दि इअरको मनोनयन सार्वजनिक भएको छ। युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार यूईएफए प्लेअर अफ दि इअरको मनोनयन सार्वजनिक गरेको हो।
यूईएफएले सार्वजनिक गरेको मनोनयनमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीका दुई खेलाडी एर्लिङ हालान्ड र केभिन डे ब्रुएना परेका छन्। उनीहरूसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छोडेर अमेरिकी क्लब इन्टर मियामी पुगेका लिओनल मेस्सी उत्कृष्ट तीनमा परेका छन्।
हालान्ड र ब्रुएनाले सिटीलाई ट्रेबल उपाधि जिताउन भूमिका खेलेका थिए। यता, मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कतार विश्वकप २०२२ जिताएका थिए।
यूईएएफए टेक्निकल स्टडी ग्रुपले २०२२/२३ सिजनमा क्लब र राष्ट्रका लागि गरेको प्रदर्शनका आधारमा खेलाडीहरूको सूची तयार गरेको थियो। त्यसमामा प्रतियोगितामा सहभागी क्लबका प्रशिक्षक, यूएईएफएका सदस्य राष्ट्रका प्रशिक्षक र युरोपियन खेल पत्रकारहरूले गरेको मतदानका आधारमा अन्तिम मनोनयनमा परेका तीन खेलाडीको नाम सार्वजनिक गरेको यूएईएफएले जनाएको छ।
यस्तै, यस सूचीको चौथो स्थानमा जर्मनीका इल्के गुन्डोआन, पाँचौँमा स्पेनका रोड्री, छैटौँमा फ्रान्सका किलियन एम्बाप्पे, सातौँमा क्रोसियाका लुका मोड्रीच, आठौँमा क्रोसियाका मार्सेलो ब्रोजोभिक, नवौँमा इंग्ल्यान्डका डेक्लान राइस र दशौँमा अर्जेन्टिनाका एलेक्सिस म्याक अलिस्टर रहेका छन्।
आगामी अगस्ट ३१ मा हुने च्याम्पियन्स लिगको समूह चरणको ‘ड्र’ समारोहमा अन्तिम तीनमध्ये एकले वर्षको युरोपको उत्कृष्ट खेलाडीको अवार्ड पाउने यूएईएफएले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
