तराईमा हावाहुरी, गण्डकीमा चट्याङसहित भारी वर्षाको सम्भावना

गण्डकी र बागमतीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेकाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

गण्डकी र बागमतीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै गण्डकीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ। कोशी, मधेश र लुम्बिनीका तराई भूभागमा हावाहुरीको समेत सम्भावना छ। 

राति कोशी र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।