युरोपेली लिगको डेब्यु खेलमै सावित्राको गोल, रानानाको विजयी शुरूआत

रानानाको जितमा सावित्रा र आदि गोल्डेनले १–१ गोल गरे। सावित्रालाई रानाराले एक सिजनका लागि अनुबन्ध गरेको छ।

काठमाडौँ– नेपाली राष्ट्रिय टोलीको फरवार्ड सावित्रा भण्डारीले युरोपेली लिगको डेब्यु खेलमै गोल गरेकी छन्। 

अथेना कप अन्तर्गत बिहीबार राति भएको खेलमा सावित्राले एक असिस्टसमेत प्रदान गरेपछि रानानाले हादेरालाई २–० ले पराजित गर्‍यो। 

रानानाको जितमा सावित्रा र आदि गोल्डेनले १–१ गोल गरे। रानानाबाट युरोपेली प्रतियोगितामा डेब्यु गर्दै सावित्राले इतिहास बनाएकी छन्। 

रानाना यसै सिजन शीर्ष डिभिजनमा उक्लिएको क्लब हो। आथाना कपमा शीर्ष डिभिजनको लिग खेल्ने आठ टोलीको सहभागिता छ। 

सावित्रालाई रानाराले एक सिजनका लागि अनुबन्ध गरेको छ। उनले २०२३/२४ को सिजन उक्त क्लबबाट खेल्ने छिन्।