मलेसियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमानमा छ जना यात्रु र दुई जना चालक दलका सदस्य सवार थिए।
मलेसियाको सडकमा चार्टर्ड विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।
बिहीबार लंकावीबाट राजधानी क्वालालम्पुरको पश्चिममा रहेको सेलांगोरका लागि उडेको विमान दुर्घटनापछि सडकमा गुडिरहेको एउटा कार र मोटरसाइकलसँग ठोक्किएको थियो।
मलेसियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमानमा छ जना यात्रु र दुई जना चालक दलका सदस्य सवार थिए।
स्थानीय समयअनुसार दिउँसो २:४७ बजे एयर ट्राफिक कन्ट्रोल टावरसँग उक्त विमानको सम्पर्क भएको थियो। एटीसीले २:४८ मा अवतरण गर्न भनेकोमा निर्धारित समयमा विमान अवतरण नभएको मलेसियाको नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
प्राधिकरणले विमानका चालक दलबाट खतराको अवस्थाबारे कुनै पनि जानकारी नआएको पनि बताएको छ।
मृतकको शवको पहिचान भइसकेको र विमानको ब्ल्याक बक्सको खोजी भइरहेको यातायात मन्त्री एन्थोनी लोकले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
