सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरेर सहमति जुटाउन सभामुख घिमिरेले प्रधानमन्त्री दाहालसँग अनुरोध गरेका छन्।
काठमाडौँ– सदनको अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ।
शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा सभामुख घिमिरेले लामो समय सदन अवरोध हुनु नचल्नु राम्रो नभएको बताएका थिए। दलीय सहमतिबिना सदनको अवरोध हट्ने अवस्था नरहेको भन्दै गम्भीर पहल गर्न सभामुखले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका छन्।
“माननीयहरूले बोल्न समय माग्नुभएको छ। प्राकृतिक विपत्तिलगायत धेरै विषयमा माननीयहरूले बोल्न पाइनँ भन्नुहुन्छ। दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन,” सभामुखले भने, “आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन्। सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस्।”
शीर्ष नेताहरूबीच घण्टौँ छलफल गर्दासमेत सहमति नभएको उनको भनाइ थियो। “सभामुखको रूपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु। तर, परिणाममा निस्किन सकेन। शीर्ष नेताहरू नै घण्टौँ बस्दा पनि सहमति भएन,” उनले भने, “समितिको नेतृत्व चयन हुन सकेको छैन। संसद्मा कानून निर्माण भएनन् भन्ने गुनासो छ।”
जवाफमा प्रधानमन्त्री दाहालले सदन खुलाउन पहल गर्ने बताए। “म पनि सदन खुलाउन भूमिका खेल्छु। तपाईं पनि लाग्नुहोस्। छिट्टै सहमति गर्नैपर्छ,” प्रधानमन्त्री दाहालले भने, “म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
