राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार एकातिर भ्रष्टाचारविरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कोतिर भ्रष्टाचारीको संरक्षण गरेर सत्ता टिकाउने काममा लागेको बताएका छन्।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गरेका छन्। शुक्रबार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा तत्कालीन मन्त्रिपरिषद्को निर्णयमा संलग्नलाई व्यक्तिलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो। सो घटनामा तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको नाम जोडिएपछि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको उनले बताए। “यदि यो सरकार भ्रष्टाचारविरुद्ध इमानदार थियो भने त्यहाँ किन पुगेन? सत्तारुढ पार्टीका बैठकमा तैँ चुप मै चुपको निर्णय भएको छ,” उनले भने।
उनले जनतालाई भ्रममा राखेर अहिले सरकारले ठूला भ्रष्टाचारविरुद्धका काम गरेँ भनेर दंगा पिटेको बताए। उनले सरकार यसरी नै चलिरहे २०८४ सालको निर्वाचन नआउने दाबी गरे। उनले नक्कली भुटानरुी शरणार्थी प्रकरण सामसुम बनाउन अनुसन्धान गरिरहेका प्रहरी अधिकृतलाई सरकारले सरुवा गर्न लागेका पनि उल्लेख गरे।
“नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेको छानबिनपछि पनि १८ जना मानिसले उजुरी दिएका छन्, त्यो अनुसन्धान अघि बढाउने हो भने अरू ठालु पक्राउ पर्नेछन्। अस्तिको अनुसन्धानको जिम्मा लिएर सरकारलाई त्यो फाइल अघि बढाउन जसले बाध्य बनायो ती प्रहरी अधिकारीहरूलाई दुई/तीन दिनभित्र सरुवा गर्दै छ। त्यो फाइल सामसुम पार्ने योजना छ,” उनले भने।
अध्यक्ष लिङ्देनले नेपाल शक्ति देशहरूको प्रतिस्पर्धास्थल बनिरहेको दाबी गरे। उनले सरकार एकातिर भ्रष्टाचारविरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कोतिर भ्रष्टाचारीको संरक्षण गरेर सत्ता टिकाउने काममा लागेको सुनाए। उनले सरकार देशमा अकण्टक लुट मच्चाउने योजना बनाइरहेको जिकिर गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
