समिति सभापति प्रकाश पन्थले जैविक विविधताको संरक्षण गर्दै वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीतिहरू बनाउन र कानूनहरू समसामयिक बनाउनुपर्ने सुझाव दिएको बताए।
काठमाडौँ– राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिले वन पैदावारको व्यवस्थित उपयोगमा प्रभावकारी नीति बनाउन सरकारलाई निर्देशन दिएको छ। समितिको शुक्रबार बसेको बैठकले वन पैदावारको व्यवस्थित उपयोगका लागि भएका कानूनहरूलाई समसामयिक बनाउन निर्देशन दिएको हो।
समिति सभापति प्रकाश पन्थले जैविक विविधताको संरक्षण गर्दै वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीतिहरू बनाउन र कानूनहरू समसामयिक बनाउनुपर्ने सुझाव दिएको बताए।
“जलवायु परिवर्तन यसले पुर्याएको असर र प्रभाव कम गर्न आवश्यक नीति नियम तर्जुमा गर्नुपर्ने देखियो। संघ, प्रदेश र स्थानीय तहको सरकारलाई अझै बलियो र प्रभावकारिता बनाउनुपर्ने छलफलको निष्कर्ष रह्यो। वन संरक्षणमा भएको प्रगतिसँगै यसको सदुपयोग गर्ने कुरा कार्बन व्यापारबाट प्राप्त हुने सहयोगहरू सम्बन्धित क्षेत्रमा नै खर्च गर्नुपर्ने देखिन्छ,” उनले भने।
सभापति पन्थले जलवायु परिवर्तन र यसले पुर्याएको असर तथा प्रभाव कम गर्न आवश्यक नीति नियम तर्जुमा गर्न पनि सरकारलाई सुझाव दिए। उनले विश्व जलवायु सम्मेलनमा नेपालले प्रभावकारी तवरबाट सहभागी हुने गरी मुद्दाहरू विश्वसामु उठाउन र आपसी सहयोग गरी तयारी गर्न वन मन्त्रालयलाई निर्देशन दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
