यू–१५ र यू–१७ दुवै उमेर समूहमा नेपालले बेस्टअफ फाइभको प्रतिस्पर्धामा मालदिभ्समाथि ५–० को जित निकाल्यो।
काठमाडौँ– नेपालका खेलाडीले ब्याडमिन्टन एशिया (दक्षिण एशिया) रिजनल जुनियर च्याम्पियनसिपको मिक्स टिम विधामा दोहोरो जित निकालेका छन्। ब्याडमिन्टन एशियाको आयोजनामा नेपालमा पहिलोपटक भएको प्रतियोगितामा नेपाली खेलाडीले सुखद शुरूआत गरेका हुन्।
हलचोकस्थित सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा शुक्रबारदेखि शुरू भएको प्रतियोगितामा नेपालले यू–१५ र यू–१७ दुवैमा जित निकाले। दक्षिण एशियाका ब्याडमिन्टनमा अल्पविकसित राष्ट्र नेपालसहित श्रीलंका, पाकिस्तान, मालदिभ्स, भुटान र बंगलादेशका खेलाडीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेका छन्। दुवै उमेर समूहमा नेपालले बेस्टअफ फाइभको प्रतिस्पर्धामा मालदिभ्समाथि ५–० को जित निकाल्यो।
लिगको आधारमा खलाइएको च्याम्पियनसिपमा यु–१५ मा नेपालका सुविन श्रेष्ठ र रिहाना शेरचनको जोडीले मालदिभ्सका फरुजन अहमद फलाह र हुसैन जुरी याल्भीको जोडीलाई २१–११, २१–६ ले हराए। गर्ल्स सिंगल्समा रिहाना शेरचनले अदिल मोहम्मद कियानलाई २१–९, २१–६ र ब्वाइज सिंगल्समा सुविन श्रेष्ठले फरुजनलाई २१–७, २१–८ ले हराएका थिए। गर्ल्स दिलाशा राना र रिहाना शेरचनको जोडीले अदिल मोहम्मद र हुसैन जुरीको जोडीलाई २१–८, २१–१० र ब्वाइज डबल्समा सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीले फरुजन र अहमद मम्दु इयानलाई २१–३, २१–८ ले पराजित गरे।
यता, यू–१७ तर्फ कबिर केसी र रोजी राईको जोडीले पनि सफलता दिलाए। कविर र रोजीको जोडीले अजहर मोहम्मद आयुब र ऐस्था जोया हुसैनको जोडीलाई २१–१, २१–४ हराए। गर्ल्स सिंगल्समा रोजी राईले ऐस्थालाई २१–१०, २१–८ र ब्वाइज सिगंल्समा कबिर केसीले अजहरलाई २१–७, २१–१० ले पराजित गरे। अन्जिल लिम्बू र रोजी राईको जोडीले ऐस्था र मोहम्मद शरिफ सैयवको जोडीलाई २०–२२, २१–१८, २१–१० ले हराए।
ब्वाइज डबल्समा कविर केसी र अभय महराको जोडीले अजहर र युसुफ मुनाधी माथलुवको जोडीलाई २१–१५, २१–१५ ले हराउँदै मिक्स टिम विधामा मालदिभ्समाथि ५–० को नतिजा निकाल्यो। अन्य खेलमा बंगलादेशले यू–१५ तर्फ भुटानलाई ५–० र यू–१७ मा मालदिभ्सलाई ५–० ले पराजित गर्यो। श्रीलंकाले यू–१५ मा मालदिभ्सलाई ५–० ले नै हरायो।
च्याम्पियनसिपमा मिक्स टिम विधामा महिला र पुरुषको सिंगल्स, महिला र पुरुष डबल्स र मिक्स गरी पाँच वटा प्रतिस्पर्धा भएको हो। उक्त च्याम्पियनसिपमा शुक्रबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
