कस्तो छ शनिबारको मौसम?

गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतिर र पुर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ। 

भारतको ओडिसा र आसपासमा न्यूनचापिय क्षेत्र रहेकाले‍ हाल मधेशमा आंशिकदेखि सामान्य बदली बदली रही बाँकी स्थानमा आंशिक बदली रहेको छ। 

गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। 

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।