पद्मश्री पुरस्कारका लागि छानिए उत्कृष्ट ५ पुस्तक

छनोट भएका पुस्तकमा सुबिन भट्टराईको इजोरिया, विवेक ओजाको ऐँठन, डा. देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य रहेका छन्। 

काठमाडौँ– पद्मश्री साहित्य पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ। 

दोस्रो चरणमा विस्तारित सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए। 

छनोट भएका पुस्तकमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, डा. देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य रहेका छन्। 

अब यी पाँच मध्येबाट उत्कृष्ट एक पुस्तकले पद्मश्री पुरस्कार पाउनेछ। अध्यक्ष लामिछानेका अनुसार वर्षभरि प्रकाशितमध्ये पुरस्कारका लागि १८० पुस्तक प्रतिष्ठानमा दर्ता भएका थिए। 

यो पुरस्कार २०६३ सालदेखि प्रदान गर्न थालिएको हो।