आणविक हतियारले सम्पन्न रुससँगको डरले अमेरिका र यसका सहयोगीहरूले यसअघि युक्रेनलाई यी जहाज हस्तान्तरण गर्न अस्वीकार गरेका थिए ।
डेनमार्क र नेदरल्याण्डले युक्रेनलाई लडाकु जहाज दिने भएका छन्।
यी देशले अमेरिकी निर्माण कम्पनीका एफ-१६ लडाकु जहाज युक्रेनलाई हस्तान्तरण गर्न लागेका हुन्। त्यसको लागि अमेरिकाले स्वीकृति दिइसकेको छ।
युक्रेनी पाइलटले ती जहाज चलाउने तालिम लिएपछि हस्तान्तरण गर्न लागेको बीबीसीले जनाएको छ। तर युक्रेनले रुसको हवाई विमानको सामना गर्नसक्ने गरी एफ-१६ को प्रयोग गर्न भने अझै महिनादिन लाग्नसक्ने बताइएको छ।
यी जहाजको प्रयोगले युक्रेनले आफ्नो क्षमताको पूर्ण फाइदा लिन सक्ने अमेरिकी राज्य विभागका प्रवक्ताले बताए। रुसकाे आक्रमणबाट आफ्नाे रक्षा गर्न युक्रेनले अघिल्लो वर्षदेखि नै आफ्ना मित्र राष्ट्रसँग लडाकु विमान सहयाेग गर्न आग्रह गर्दै आएकाे थियाे।
नेदरल्यान्डसँग २४ वटा एफ-१६ जहाज रहेको अनुमान गरिएको छ। ती जहाजको ठाउँमा नयाँ युद्ध विमान ल्याउने उसको योजना छ। यस्तै, डेनमार्क पनि आफ्ना ३० वटा एफ-१६ विमानको स्तरवृद्धि गर्ने योजना बनाइरहेको छ।
सन् २०२२ को फेब्रुअरीदेखि युक्रेन र रुसबीच छेडिएको युद्ध अहिलेसम्म चलिरहेको छ। आणविक हतियारले सम्पन्न रुससँगको डरले अमेरिका र यसका सहयोगीले यसअघि युक्रेनलाई यी जहाज हस्तान्तरण गर्न अस्वीकार गरेका थिए । तर निरन्तरको वार्तापछि यो निर्णय भएको हो।
नेदरल्यान्डका विदेशमन्त्री विप्के होइक्स्ट्राले अमेरिकाको निर्णयको स्वागत गरेका छन्। उनले युक्रेनलाई आफ्ना नागरिकको सुरक्षा गर्न निकै हदसम्म राहत पुग्ने बताएका छन्।
यस्तै, डेनमार्कका रक्षामन्त्री ज्याकोब इलेमान जेनसोनले पनि निर्णयप्रति सहमति जनाउँदै नजिकका सहयोगी राष्ट्रसँग छलफल गरिरहेको बताए। यता युक्रेनका रक्षामन्त्री वलेक्सी रेज्निकोभले अमेरिकाको निर्णय 'ठूलो समाचार' भएको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
