रोनाल्डोको कप्तानीमा रहेको अल–नासरको लगातार दोस्रो हार

रियादस्थित केएसयू फुटबल स्टेडियममा शुक्रबार राति भएको खेलमा अल– तावोउनले अल–नासरलाई २–० पराजित गरेको छ।

काठमाडौँ– साउदी प्रो लिगमा अल–नासर लगातार दोस्रो खेलमा पराजित भएको छ। 

शुक्रबार राति अल– तावोउनले स्टार फरवार्ड स्टार क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल–नासरलाई  २–० पराजित गरेको हो। 

अल–नासरले एक साता अगाडी मात्र अरब कपको उपाधि जितेको थियो।

रियादस्थित केएसयू फुटबल स्टेडियममा भएको खेलमा अल–तावोउनका लागि लियान्ड्रे तावाम्बा र बहुसायनले गोल गरे।