संघीय संसद्का दुवै सदनमा भएको गतिरोध अन्त्यका लागि आफूले निरन्तर पहल गरिरहेको प्रधानमन्त्री दाहालले बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबारदेखि सदनको अवरोध हट्ने दाबी गरेका छन्।
रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित श्रद्धाञ्जलीसभामा प्रधानमन्त्री दाहालले आइतबारदेखि सदन चल्ने बताएका हुन्। संघीय संसद्का दुवै सदनमा भएको गतिरोध अन्त्यका लागि आफूले निरन्तर पहल गरिरहेको उनको भनाइ थियो।
“हामीले निरन्तर पहल गर्दै आएको तपाईहरूलाई थाहा छँदैछ। हिजो मात्रै पनि सभामुखजी बालुवाटार नै आउनुभयो र उहाँसँग कुरा भएको छ,” प्रधानमन्त्री दाहालले भने, “आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौँ। आशा छ भोलि सदन खुल्छ।”
६० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै एमालेले सदन अवरोध गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
