स्थानीय उद्यमीले उत्पादन गरेका उपभोग्य वस्तुको प्रोत्साहन र प्रवर्द्धन गर्न हरेक शनिबार मेला लाग्ने गरेको छ। ३९ वटा व्यापारिक कक्षबाट शुरू गरिएको मेलामा अहिले ६६ कक्ष छन्।
नारायणगढ– उद्योग संघ चितवनले शुरू गरेको शनिबारे मेलामा उपभोक्ताको आकर्षण बढेको छ। संघले सञ्चालन गरेको चितवन प्रदर्शनी केन्द्रमा हरेक शनिबार बिहान मेला हुँदै आएको हो।
स्थानीय उद्यमीले उत्पादन गरेका उपभोग्य वस्तुको प्रोत्साहन र प्रवर्द्धन गर्न मेला गरिएको हो। मेला प्रत्येक शनिबार बिहान ६ देखि ११ बजेसम्म सञ्चालन हुँदै आएको छ। पाँचौँ शनिबारसम्म आइपुग्दा करिब १५ हजारभन्दा बढीले मेलाको अवलोकन गरेको र ३० लाख रुपैयाँ बढीको कारोबार भएको संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए।
३९ वटा व्यापारिक कक्षबाट शुरू गरिएको मेलामा अहिले ६६ कक्ष छन्। उद्यमीको उत्पादनअनुसार कक्ष संख्या थपघट हुने र मेलामा उपभोक्ताको आकर्षण बढ्दा संख्या पनि बढ्दै गएको उनले बताए।
संघले मेलामा आउने सामानको गुणस्तरमा कमी नआओस् भन्नका लागि स्वास्थ्यको ग्यारेन्टी गरेको उनको भनाइ छ। “फर्मबाट उत्पादन भएको वस्तु भान्सासम्म जाँदा स्वास्थ्यको ग्यारेन्टी गरेका छौँ, जुन कुरा उत्पादकले खान्छ त्यही कुरा यहाँ आएको छ,” उनले भने, “पहाडी क्षेत्रमा उत्पादन हुने निगालाका टुसादेखि बेँसीको जंगलमा फल्ने चिउरी र निगुरोसम्म बिक्री हुन्छ।” किसानको आर्थिक अवस्था उकास्न मेलाले सहयोग पुगेको उनले बताए।
संघका उपाध्यक्ष मदन पोखरेलले स्थानीय उत्पादनको बजारीकरणलाई दृष्टिगत गर्दै शनिबारे मेला राखेको बताए। “उपभोक्ताको स्वास्थ्य र उत्पादनको बजारीकरण दुवैलाई ध्यानमा राखेर मेला आयोजना गरेका हौँ,” उनले भने, “मेला प्रभावकारी बन्दै गएको जनाउँदै उहाँले थप विस्तार गर्ने योजना छ।”
मेलामा महको व्यापारिक कक्ष राखेर बिक्री गर्दै आएका भरतपुरका खेमराज न्यौपानेले यस्ता मेला लाग्नु किसानका लागि ठूलो अवसर भएको बताए। उत्पादक किसानलाई यस्ता खालका मेलामा सहभागी हुन उनको आग्रह छ।
भरतपुर महानगरपालिका–१२ बाट मेला अवलोकन गर्न आएका प्रमेश भण्डारी यहाँ मेला लाग्दा खुशी छन्। बिदाको दिनमा ‘मर्निङवाक’ गर्दै जैविक उत्पादन मेलामा किन्न पाउँदा स्वास्थ्यका दृष्टिले पनि फाइदा पुग्ने उनले बताए।
भरतपुर–१० का रामकृष्ण ढकालले यस्ता खालका मेला लाग्नु राम्रो कुरा भएको बताए। यहाँ आएर परिवारसहित तरकारीलगायत सामान किनेको र अझ दैनिक उपभोग्य वस्तु पनि मेलामा भए थप प्रभावकारी हुने उनको सुझाव छ।
भरतपुर–११ का प्रकाश सुवेदीले यस्ता खालका मेला आफूले विदेशतिर देखेको र यहाँ मेला लाग्दा विदेशको झल्को आएको बताए। यस्ता खालका मेलालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै आफूले मेला शुरू भएदेखि सधैँ यहाँबाट सामान किनेको जानकारी दिए।
दैनिक उपभोग्य वस्तु निउरो, कुरिलो, टुसा, फर्सी जस्ता स्वास्थ्यवर्द्धन तरकारी तथा केरा, चिउरी, भुइँकटहर, ड्रागनफ्रुट लगायतका स्वदेशमै उत्पादित फलफूल मेलामा पाइन्छ।
यस्तै, दूध एवं दुग्धजन्य पदार्थ, स्वदेशी कपडा, सेल, खीर, कुराउनी, स्थानीय जनजातिका परिकार, स्थानीय उद्योगबाट उत्पादित वस्तुसमेत राख्ने गरिएको छ। धेरैजसो अर्ग्यानिक वस्तु पाइने भएकाले स्थानीयको आकर्षण बढेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
